१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलाली ५ : मतगणना सुरु गर्न माग गर्दै नाराबाजी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१७:oo

कैलाली क्षेत्र नम्बर ५ मा मतगणनाको माग गर्दै नेकपा एमालेका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका छन् । यो क्षेत्रमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।

मतगणना सुरु नगरेर मुख्य निर्वाचन अधिकृतले षड्यन्त्र गर्न खोजेको आरोप लगाउँदै एमाले कार्यकर्ताहरुले मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालविरुद्ध नाराबाजी गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद बिरामी भएपछि मतगणना अनिश्चित बनेको हो । सर्वदलीय बैठक भइरहेका बेला अर्याल कुर्सीबाट ढलेका थिए । केहीबेर आराम गरेर दिउँसो सुरु गर्ने भनिए पनि मतगणना अझै सुरु भएको छैन ।

बैठकमा सत्तारुढ गठबन्धनले वडा–वडाको अलगअलग मत गणना हुनुपर्ने माग गरेको थियो । नेकपा एमालेले भने सबै मत मिसाएर गणना गर्नुपर्ने अडान बैठकमा लिएको थियो ।  यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट काँग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाबीच प्रतिस्पर्धा छ ।

ad
ad