Skip This
विदेशी लगानीको न्यूनतम सीमा दुई करोड मात्रै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Friday, 20 September, 2024
२o७९ कार्तिक ३० बुधबार o८:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेशी लगानीको न्यूनतम सीमा दुई करोड मात्रै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार o८:o९:oo

सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को न्यूनतम सीमा दुई करोड रुपैयाँ तोकेको छ । विदेशी लगानी आकर्षित गर्न भन्दै सरकारले यसअघिको पाँच करोडको सीमालाई घटाएर नयाँ सीमा तोकेको हो । चालू आर्थिक वर्षको बजेटको व्यवस्थाअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै विदेशी लगानीका लागि नयाँ न्यूनतम सीमा तोकेको हो । 

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा तोक्ने निर्णय गरिएको छ,’ सूचनामा उल्लेख छ, ‘विदेशी लगानीको न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोकिएको छ ।’ यसअघि १५ जेठ ०७६ मा राजपत्रमा सूचना प्रकाशन गर्दै विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँ तोकिएको थियो । त्यसअघि यस्तो सीमा ५० लाख रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संघ–संस्थाले विदेशी लगानीको सीमा घटाउन माग गर्दै आएका थिए । तर, नेपाल घरेलु तथा साना उद्योग महासंघले भने न्यूनतम सीमा अझ बढाउनुपर्ने माग गर्दै आएको छ ।