मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ११ बिहीबार o६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सीजस्तै शक्तिशाली बन्ने ओलीको चाहना !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o६:४७:oo

एमाले नेताहरूकै भनाइमा अध्यक्ष केपी ओलीमा आलोचना सुन्नै नचाहने प्रवृत्ति छ र पछिल्लो कारबाही त्यसैको उपज हो । वेला–वेला उनका अभिव्यक्तिमा चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङजस्तै शक्तिशाली बन्ने महत्वकांक्षा झल्किन्छ ।

१० दिनअगाडि ओलीले पार्टीको एक आन्तरिक कार्यक्रममा राखेको अभिव्यक्तिले आफ्नो विरोधमा कोही नबोलुन् भन्ने उनको महत्वाकांक्षा देखाउँछ । ओलीका अभिव्यक्ति अत्ति नै केन्द्रीकृत नेतृत्वको पक्षमा थियो ।

पार्टी मुख्यालयमा भएको एक कार्यक्रममा ओलीले चीनको विकास मोडेलको प्रशंसा गर्दै त्यहाँको कम्युनिस्ट पार्टीमा कसैको फरक विचार नआउने सुनाएका थिए । चीन भ्रमण सकेर फर्केको केही दिनमा पार्टीभित्र ओलीले चीनको प्रसंग कोट्याए पनि ओलीले सन्देश पार्टीकै नेता–कार्यकर्तालाई दिएका थिए ।

‘आज चीन विश्वमै आर्थिक रूपमा महाशक्तिको रूपमा उदाएको छ । त्यहाँ पार्टीको पक्षमा बोल्ने प्रवृत्ति छ । विरोधीका आक्रमण र हमलालाई कसरी पराजित गर्ने भन्ने तरिका अवलम्बन गरिन्छ । अनुशासित र एकताबद्ध भएर चल्ने परम्परा छ,’ ३० मंसिरमा पार्टी मुख्यालयमा भएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालामा उनले भनेका थिए, ‘९ करोडभन्दा बढी पार्टी सदस्य छन् । हाम्रो देशको जनसंख्या जति छ, त्यसको तीन गुणाभन्दा बढी चाहिँ चीनको पार्टी सदस्य संख्या छ । त्यत्रो पार्टी सदस्यता छ, एकजनाको ओपिनिएन फरक आउँदैन, नेतृत्वको वरिपरि सबै गोलबद्ध छन् ।’