मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
तिवारी यादव वीरगन्ज
२o८१ पौष ११ बिहीबार १३:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लगनगाँठोमा कसिँदै दाजुभाइ आरिफ र आसिफ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १३:३५:oo

नेपाली क्रिकेट टिमका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेख लगनगाँठोमा कसिन थालेका छन् । वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइ आगामी पुस २० गते एकैदिन लगनगाँठोमा कसिन लागेका हुन् । 

पारिवारिक स्रोतका अनुसार दुवैजना दाजुभाइले आफ्नै समुदायका युवतीसँग मागीविवाह गर्न थालेका हुन् ।  गएको पुस ६ मा नेपाल प्रिमियर लिग (एनपिएल) को प्रथम संस्करणको प्रतियोगिता सकिएपछि उनीहरू घरमा बिहेको तयारीमा जुटेका छन् । आरिफ नेपाल प्रिमियर लिग एनपिएलको उपविजेत सुदूरपश्चिम रोयल्समा आबद्ध थिए भने आसिफ विजेता जनकपुर बोल्ट्सको मार्की खेलाडी थिए । जनकपुरले आसिफको कप्तानीमा नै उपाधि जितेको हो ।

उनीहरू अहिले आफ्नो आफन्तदेखि चिनजान साथीभाइलाई पनि बिहेको निमन्त्रणा बाँड्नमा व्यस्त छन । यस्तै, फुर्सदको समयमा घरनजिक नै रहेको नारायणी खेलमैदानमा पनि देखिन थालेका छन्। 

२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन् । उनले सन् २०१४ देखि २०२४ सम्मको अन्तर्राष्ट्रिय करिअरको खेल खेल्न थालेका हुन् । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन् । 

२३ वर्षीय आसिफ शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेटकिपरको रूपमा खेल्ने खेलाडी हुन् । आसिफ उनी सन् २०२१ देखि २०२४ सम्मको अन्तर्राष्ट्रिय करिअरमा खेल्न थालेका छन् ।