मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ६ शनिबार o७:५२:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कारका दाबेदार नेपाली क्रिकेटर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार o७:५२:oo

नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको छ । एनपिएलमा सहभागीमध्ये उत्कृष्ट नेपाली खेलाडीले ओमोडाको कार पुरस्कार पाउनेछन् । सुदूरपश्चिम र जनकपुरबिचको फाइनल खेलपछि एकजना उत्कृष्ट नेपाली खेलाडी भाग्यमानी हुनेछन् । क्यानले सारडा ग्रुपसँग एनपिएकको ‘ड्रिभन बाई’का रूपमा ओमोडा एन्ड जेइकोसँग सम्झौता गरेको छ । क्यानले लिगदेखि फाइनलसम्म घरेलु खेलाडीको प्रदर्शन आधार मानेर कार दिने जनाएको छ । एनपिएलमा विदेशी खेलाडीको व्यक्तिगत प्रदर्शनको दबदबा रहँदा नेपाली खेलाडी पनि कम छैनन् ।

रोहित पौडेल (लुम्बिनी)
ब्याटिङ : ७ खेल, ७ इनिङ्स, २७९ रन
बलिङ : ७ खेल, ६ इनिङ्स, ८ विकेट

लुम्बिनीले एनपिएलमा एक खेल मात्र जित्यो । अंकतालिकाको पुछारमा रहँदै एनपिएल यात्रा सकाएको लुम्बिनी लायन्सका लागि कप्तान रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । एककिसिमले रोहित ‘वान म्यान आर्मी’ भएर निस्किए । लिग चरणको पूरै सात खेलमा लुम्बिनी उनकै ब्याटिङमा टिकेको थियो । यसबाहेक टोलीलाई अन्तिम समयसम्म ब्याटिङ र बलिङमा उनले उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा पुग्ने प्रयास गरे । अन्य खेलाडीबाट पिचमा गतिलो साथ नपाउँदा रोहितले लुम्बिनीलाई शीर्ष चारसम्म पुर्‍याउन सकेनन् । लिग चरणमा चितवनमाथि प्राप्त एक मात्र जितमा रोहितले अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ८० रन बनाउनुका साथै चार विकेट लिए । यस खेलमा उनी म्यान अफ दी म्याच भएका थिए । प्रतियोगितामा उनले दुई अर्धशतक बनाएका छन् । उनले पोखराविरुद्ध सर्वाधिक ९५ रन जोडेका थिए । रोहितले विराटनगरविरुद्ध ४६ र जनकपुरविरुद्ध ३५ रनको योगदान दिएका थिए । नेपाली खेलाडीमध्ये अहिले उनी सर्वाधिक रन बनाउने सूचीको लिस्टमा शीर्ष स्थानमा छन् । उनले सात खेलमा २६ चौका र ११ छक्का प्रहार गरे । यसै प्रदर्शनका आधारमा रोहित नेपाली खेलाडीमध्ये उत्कृष्ट बन्न सक्छन् । 

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
ब्याटिङ : ८ खेल, ८ इनिङ्स, २१८ रन
बलिङ : ८ खेल, ६ इनिङ्स, ८ विकेट

दीपेन्द्रसिंहको नेतृत्वमा सुदूरपश्चिम फाइनलमा पुगेको छ । ब्याटिङ र बलिङमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । फिल्डिङका क्रममा मैदानको चारैतिर भागदौड गर्न सक्ने दीपेन्द्रले बलिङमा पनि प्रेरणादायी प्रदर्शन गरेका छन् । टोलीलाई आवश्यक परेका वेला उनले ‘ब्रेक’ दिलाएका छन् । उनले एक खेलमा अर्धशतक बनाए । विराटनगरविरुद्ध अविजित ४७ रन बनाउँदै उनी म्यान अफ दी म्याच भएका थिए । पहिलो तथा दोस्रो ब्याटिङका क्रममा सुदूरपश्चिमको कन्डिसनअनुसार उनले आफ्नो ब्याटिङ अर्डर परिवर्तन गरी जित दिलाएका छन् । एनपिएलमा ४३ को औसतमा उनले रन बनाइरहेका छन् । उनले काठमाडौं गुर्खाजविरुद्ध ४३ रन, लुम्बिनीविरुद्ध अविजित ४३ रन, पोखराविरुद्ध २० रन तथा कर्णालीविरुद्ध ३८ रन बनाए । लिग चरणमा उनी जनकपुरविरुद्ध शून्य रनमा आउट भएका थिए । बलिङका क्रममा उनले आठ विकेट हात पारेका छन् । दीपेन्द्रसमक्ष अझ फाइनलको एक खेल छ । ब्याटिङ र बलिङमा पुनः एकपटक उत्कृष्ट प्रदर्शन गर्दा उनी नेपाली खेलाडीमध्ये अगाडि आउनेछन् । रोहितले जस्तै ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरिरहेका उनी पनि कारका प्रबल दाबेदार खेलाडीमा पर्छन् । 

ललित राजवंशी (जनकपुर)
बलिङ : ९ खेल, ९ इनिङ्स, ३६ ओभर, १६ विकेट

जनकपुरको बलियो पक्ष बलिङ आक्रमण हो । यसमा ललितले मुख्य भूमिका निर्वाह गरेका छन् । उनकै सानदार म्याच विनिङ बलिङ प्रदर्शनका कारण जनकपुरले फाइनल यात्रा तय गरेको हो । उनले अहिलेसम्म नौ खेलमा बलिङ गरी सर्वाधिक १६ विकेट हात पारेका छन् । एनपिएलको सर्वाधिक विकेट लिने सूचीमा उनी सुदूरपश्चिमका स्कट कुलेनसङसँगै शीर्ष स्थानमा छन् । जनकपुरका लागि उनी मुख्य स्ट्राइक बलर हुन् । जनकपुरले सुरुका चार खेलमा जित निकाल्दा उनको योगदान मुख्य थियो । उनले सुदूरपश्चिमसँगको खेलमा मात्र विकेट लिन सकेनन्  । पिचको प्रकृतिअनुसार ललितले नयाँ र पुरानो बलमा जादुमयी बलिङ गरेका छन् । उपाधि भिडन्तमा यी दुवै बलरमध्ये सर्वाधिक विकेट लिने होडबाजी चल्नेछ । फाइनलमा कसले धेरै विकेट लिने भन्ने होड चल्नेछ । ललितले लिग चरणमा विराटनगर, पोखरा र काठमाडौंविरुद्ध समान तीन विकेट लिएका थिए । उनले चितवनसँग र क्वालिफायरमा कर्णालीविरुद्ध समान दुई विकेट हात पारे । उनले लिगमा कर्णाली, लुम्बिनीसँगै प्लेअफमा सुदूरपश्चिमविरुद्ध समान एक विकेट लिएका थिए । लिगमा काठमाडौंविरुद्ध आठ रन खर्चेर तीन विकेट लिँदा उनले दुई मेडन राखेका थिए । 

कुशल मल्ल (चितवन)
ब्याटिङ : ८ खेल, ८ इनिङ्स, २२३ रन
बलिङ : ८ खेल, ८ इनिङ्स, ९ विकेट

कार पाउने सम्भावित नेपाली खेलाडीको सूचीमा चितवनका कुशल मल्ल पनि हुन् । पहिलो इलिमिनेटर चरणबाट कर्णालीसँग पराजित हुँदै एनपिएलबाट बाहिरिएको चितवनका लागि मल्लले ब्याटिङ र बलिङमा समान प्रदर्शन गरे । उनले ब्याटिङमा एक अर्धशतकको सहयोगमा दुई सय २३ रन जोडे भने बलिङमा आठै इनिङ्स बलिङ गरी नौ विकेट लिएका छन् । लिग चरणमा जनकपुरविरुद्ध उनले ७२ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । त्यस खेलमा उनले २६ रन खर्चेर दुई विकेट हात पारे । लिग चरणमा सुदूरपश्चिममाथि चितवनले जित निकाल्दा उनले १८ रन खर्चेर दुई विकेट हात पारे । 

करण केसी (काठमाडौं गुर्खाज)
बलिङ : ७ खेल, ७ इनिङ्स, १२ विकेट
ब्याटिङ : ७ खेल, ७ इनिङ्स, ५१ रन

सोमपाल कामी (कर्णाली याक्स)
बलिङ : ९ खेल, ९ इनिङ्स, ९ विकेट
ब्याटिङ : ९ खेल, ६ इनिङ्स, ५२ रन

विपिनप्रसाद शर्मा (कर्णाली याक्स)
बलिङ : ८ खेल, ८ इनिङ्स, १३ विकेट