जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। तीन साताअघि उनी २५ हजार घुससहित रंगेहात पक्राउ परेका थिए।
सवारीसाधनलाई आवत-जावत गर्न सहजीकरण गरिदिएबापत घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो। जसमा अनुसन्धान पूरा गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।