खेरसन क्षेत्रबाट ३० हजार बढी रूसी सैनिक फिर्ता

शनिबार, २६ कार्तिक, २०७९
डिजिटल संस्करण

रूसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ । रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 'कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण तथा सामग्री फिर्ता गरिएको छ,' रक्षा मन्त्रालयले भनेको छ ।    

करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले दाबी गरेको भोलिपल्ट रूसले युक्रेनमा पठाएको सैनिक बलको ठूलो समूहलाई फिर्ता गर्ने बताएको छ । द इकोनोमिक क्लब अफ न्यूयोर्कमा आयोजित एक कार्यक्रममा जनरल मार्क मिलेले युक्रेनी पनि त्यति नै संख्यामा हताहत एवम् घाइते भएका बताए ।

यसैबीच खेरसन क्षेत्रमा आफ्नो अभियान सफल भएको भन्दै ३० हजार सैनिकलाई फिर्ता बोलाउन लागिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार बताएका थिए ।रक्षामन्त्री शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको रूसले जनाएको छ ।  
 

See More On

सुझावित समाचार