एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्यसहित ६ जना एमालेमा फर्किए

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित ६ जना एमालेमै फर्किएका छन्। 

सोमबार बसुन्धरामा आयोजना भएको कार्यक्रममा श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समीर कार्की र विकास खत्री एमालेमै फर्किएको एमालेले जनाएको छ। 

एमाले प्रवेश गरेका श्रेष्ठले एकीकृत समाजवादीसँग देश विकासको कुनै भिजन नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताए। उनीहरूलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गरेका थिए। पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरूलाई पुरानै घर फर्कन आह्वान गरे। 

सुझावित समाचार