यी नेता जसले आफैँलाई मत हाल्न पाउनेछैनन्

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

मतदाता नामावली रहेको क्षेत्रबाट मात्रै मतदान गर्न पाउने व्यवस्थाका कारण प्रतिनिधिसभातर्फका ८२ भन्दा बढी उम्मेदवार आफैँलाई मतदान गर्नबाट वञ्चित

मतदाता नामावली रहेको क्षेत्रबाहेक अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने कुनै पनि उम्मेदवारले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा आफैँलाई मतदान गर्न नपाउने भएका छन् । मतदाता नामावली रहेको क्षेत्रबाट मात्रै मतदान गर्न पाउने नियम निर्वाचन आयोगले कार्यान्वयन गरेपछि उम्मेदवार आफैँलाई मतदान गर्ने अधिकारबाट वञ्चित हुने भएका हुन् । नियमअनुसार त्यस्ता उम्मेदवारले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावली रहेको क्षेत्रबाहेकका क्षेत्रबाट उम्मदेवार बन्ने कुनै पनि उम्मेदवारले आफैँलाई मतदान गर्न नपाउने बताए । ‘उम्मेदवार आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाहेक अन्य क्षेत्रमा गएर उम्मेदवार बनेका छन् । उनीहरूले आफैँलाई प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा मतदान गर्न पाउँदैनन् । तर, मतदाता नामावली रहेको क्षेत्रमा उम्मेदवार बनेका अन्य उम्मेदवारलाई भने उनीहरू मतदान गर्न पाउनेछन् । यो नियम सबैको हकमा लागू हुनेछ,’ उनले भने ।

यी हुन् आफैँलाई मत हाल्न नपाउने नेता :

See More On

सुझावित समाचार