नुवाकोटको विदुर नगरपालिका–५ मा आज अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् । बेलकोटगढी–१२ मदानपुरबाट दसैँको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक)रुपक खड्काले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये १७ वर्षीय दीपेश गजुरेल बेलकोटगढी–१२ र १८ वर्षीय प्रवत सुवेदी बेलकोटगढी–६ र ६५ वर्षीय छविलाल रिमाल विदुर–१२, को टाउकोसहित शरीरको विभिन्न अंगमा चोट लागेकाले त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेमा ४४ वर्षीय सुदर्शन गजुरेल बेलकोटगढी–१२ उनकी श्रीमती ४३ वर्षीया अप्सरा गजुरेल, छोरा१७ वर्षीय दीपेश गजुरेल, प्रवत सुवेदीको बुबा ३८ वर्षीय रामहरि सुवेदी बेलकोटगढी–६, छविलाल रिमालको छोरा १८ वर्षीय सागर रिमाल, ३४ वर्षीय बसन्त सिलवाल बेलकोटगढी–१२ उनको छोरी १६ महिनाको ऋतु सिलवाल रहेका छन् ।
यस्तै, दुर्घटनामा परेर घाइते हुने अन्यमा १२ वर्षीय समीर ढकाल बेलकोटगढी–७, ४६ वर्षीया महेश्वरी पण्डित विदुर–१२ उनकी छोरी १४ वर्षीया सुरक्षा पण्डित, सोही स्थानको १९ वर्षीया शर्मिला पण्डित र बोलेरोचालक २५ वर्षीय ठाकुर गजुरेल बेलकोटगढी–१२ रहेका छन् ।
प्रदेश ३–०१–०२३ च–९०३८ नं को बोलेरो गाडी अपराह्न १:१० बजे विदुर नपा–५ स्थित माझीटार भन्ने स्थानमा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । सामग्री ढुवानी गर्ने उक्त बोलेरो गाडीमा एकै परिवारका सदस्य एवं आफन्त चढेर दसैँको टीका लगाउन बेलकोटगढी–१२ मदानपुरबाट बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेका थिए
नुवाकोटमा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, तीन गम्भीर
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
३ हप्ता अघि
सुझावित समाचार
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधीश थपिएका छन् । संसदीय सुनुवाइ समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा…
संयुक्त राष्ट्रसंघका एआई विज्ञ नेपालमा
काठमाडौं । संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्…
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
काठमाडौं/ सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि असन्तुष्ट बनेका …
आजका मुख्य १० खबर
एक वर्ष अवधि नपुगी प्रहरी नेतृत्वबाट हटाइए कार्की सरकारसँगको टकराव र अनेक विवादमा मुछिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्क…
मीनेन्द्र रिजाल कसरी तानिए रिजाल क्यानिङ कम्पनीको जग्गा भ्रष्टाचारमा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्रकुमार रिजाल ०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा संघीय मामिला, संविध…
भक्तपुर मालपोतका नासुसँग साढे नौ करोड अकुत सम्पत्ति, भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं/ विभिन्न मालपोत कार्यालयमा बसेर अकुत कमाएको अभियोगमा अख्तियारले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति श…