राष्ट्रपतिले गरिन् नवदुर्गा पूजा

मंगलबार, १८ असोज, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरूप आज महानवमीको दिन नवकन्याको पूजा गरेकी छिन्। 

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरूप मानेर पूजा गरेकी हुन्। 

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन् । ती कन्यालाई बालमन्दिरबाट लगिएको हो।

दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छिन्। 

सुझावित समाचार