काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भिड लागेको छ । बडादसैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजार र अटो साेरुम, अटो वर्कसप तथा आफ्ना निजी सवारीहरू पूजा गर्नुअगाडि धोई, पखाली गाडी सर्भिसिङ गरिन्छ ।
महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गरिएको हो । आजको दिन विशेषतः अटो साेरुमहरूले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरूको विशेष पूजाअर्चना गर्छन् । विधिवत रूपमा गरिने यो पूजालाई विशेष महत्वका रूपमा लिइन्छ ।
नवरात्रको महाअष्टमी–नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउनेजस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रहिआएको छ ।