केरेला लिगमा दीपाको सानदार प्रदर्शन

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली महिला खेलाडी दीपा न्यौपानेले केरेला प्रिमियर लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेकी छन् । डनबस्को फुटबल एकेडेमीले कडाथनादलाई ९–१ ले हराउँदा दीपाले चार गोल गरेकी थिइन् । उनले खेलमा तीन गोलका लागि असिस्ट पनि गरिन् । डनबस्कोको लगातार दोस्रो जितमा रेस्माले ह्याट्रिक गरिन् । पुष्पा पराबको नाममा दुई गोल रहयो । पहिलो हाफमा ७–० को अग्रता लिएको डनबस्कोले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । 

दीपाले खेलको खेलको ३६औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन् । उनले खेलको ३८ र ४८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ६७औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । रेस्माले खेलको १०औँ मिनेटमा पहिलो गोल गर्न सफल भइन् । उनले खेलको ३१ र ४३औँं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । पुष्पाले खेलको आठौँ र १४औँ मिनेटमा दुई गोल गरेकी थिइन् । कडाथनादका लागि नीलम्बरीले खेलको ४७औँ मिनेटमा एक गोल फर्काइन् । 

नेपाल राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर दीपा लगातार दोस्रो खेलमा प्लेयर अफ दी म्याच घोषित भइन् । दीपाको डेब्यु खेलमा डनबस्कोले इमिरेट्स एफसीलाई ५–२ अन्तरले पराजित गरेको थियो । सो खेलमा उनले दुई गोल गरेकी थिइन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा भने डनबस्को लर्ड एफएसँग ६–१ ले पराजित भएको थियो । 

सुझावित समाचार