काठमाडौं इंल्याण्डका अलराउन्डर मोईन अली नेपाल प्रिमियर लिगका लागि काठमाडौं आइपुगेका छन्। उनलाई जनकपुर बोल्ट्सका व्यवस्थापनले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वागत गरे।
अली जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन्।
इंल्याण्डको राष्ट्रिय टिमबाट सन्यास लिइसकेका अली विश्वका विभिन्न क्रिकेट लिगमा सहभागी हुँदै आएका छन्।