अनलाइन बजार दराजले सोमबारदेखि दराजमल फेस्ट सुरु गरेको छ । बकपीले दराज मलमार्फत ग्राहकलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित अभियान सुरु गरेको हो । अभियानको मुख्य विशेषतामा एड टू कार्ट एन्ड विन, सात हजार रुपैयाँसम्मका भौचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, सेक–सेक र वाल अफ फेम रहेको जनाइएको छ । दराजमलमा हाल सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै पाँच सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू सूचित रहेको कम्पनीले जनाएको छ । शतप्रतिशत प्रामाणिक उत्पादनहरू र १४ दिन फिर्ता नीतिसँगै दराजमलले ग्राहकहरूलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नका लागि प्रदान गर्ने जनाइएको छ ।
यस्ता छन् अफर
ग्राहकले दराजमल फेस्टमा बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा थप १५ प्रतिशत वा बढीमा सात सय ५० रुपैयाँसम्म छुट पाउन सक्ने जनाइएको छ । मंगलबार ग्लोबल आइएमई, बिहीबार मेगा, शुक्रबार नबिल र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकको कार्डबाट भुक्तानी गर्दा छुट पाइने कम्पनीले जनाएको छ । ग्लोबल आइएमई बैंकको कार्डबाट भुक्तानी गर्दा अधिकतम सात सय ५० रुपैयाँ र अन्य बैंकको कार्डबाट भुक्तानी गर्दा अधिकतम पाँच सय रुपैयाँ पाइने उल्लेख छ ।
त्यस्तै, पहिलोपटक भिसा कार्ड प्रयोग गर्ने ग्राहकलाई १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म तथा प्रि–पेमेन्टको छुट पनि दिने जनाइएको छ । त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम तीन सय ५० रुपैयाँ छुट पाउने जनाइएको छ । यीबाहेक, ब्रान्ड अफ द डेजस्ता अफरहरूले ग्राहकलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिने उल्लेख छ ।
आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६० प्रतिशतसम्म, एर्कले १० प्रतिशत र फ्यानटेकले ५५ प्रतिशतसम्म छुट दिने उल्लेख छ । एड टू कार्ट एन्ड विनले ग्राहकलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराजमल उत्पादनहरू थपेर अभियानभरि हरेक दिन भौचर जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, दराजका नयाँ प्रयोगकर्ताले पहिलो अर्डरमा दुई सय रुपैयाँको भौचर प्राप्त गर्न सक्ने तथा दराज गेम्स, दराज लाइभ र सेलर भौचरमार्फत थप छुट पनि पाउने जनाइएको छ ।