माइडियाको कुकिङ रेन्जमा क्यासब्याक सुविधा

बुधबार, ११ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ घरायसी उपकरण उत्पादक ब्रान्ड माइडियाले आफ्नो फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा क्यासब्याक योजना सार्वजनिक गरेको छ । कम्पनीले दसैँ–तिहारजस्ता चाडपर्वमा परिवार, आफन्त र साथीभाइका लागि विभिन्न परिकार तयार गर्न सहज होस् भन्ने उद्देश्यले आधुनिक प्रविधि र बहुउपयोगी सुविधासहितका कुकिङ रेन्ज बजारमा ल्याएको हो । माइडियाका एफएससी–६००बिएक्स र एफएससी–६०१६इएस मोडेल उपलब्ध छन् ।

कम्पनीका अनुसार माइडियाको कुकिङ रेन्जमा ग्यास चुलो र ओभनको सुविधा एउटै उपकरणमा उपलब्ध छ । चाडपर्वमा एकैपटक धेरै परिकार तयार गर्नुपर्ने व्यस्ततालाई ध्यानमा राखेर बनाइएका यी उपकरणले खाना पकाउने समय बचत गर्नुका साथै भान्साको काम व्यवस्थित गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

एफएससी–६००बिएक्समा ६० लिटर क्षमताको ग्यास ओभन छ भने एफएससी–६०१६इएसमा ६१ लिटर क्षमताको विद्युतीय ओभन रहेको छ । उपभोक्ताले आफ्नो खाना पकाउने शैली र आवश्यकताअनुसार यीमध्ये उपयुक्त मोडेल छनोट गर्न सक्नेछन् ।

दुवै मोडेलमा चारवटा ग्यास बर्नर छन् । फरक–फरक आकार र ताप क्षमताका बर्नर भएकाले कम तापमा खाना पकाउनदेखि उच्च तापमा छिटो परिकार तयार गर्नसम्म सहज हुने कम्पनीले जनाएको छ । त्यस्तै, कन्भेक्सन फ्यान, ओभनभित्रको प्रकाश, यान्त्रिक नियन्त्रण प्रणाली र बटन थिचेर बाल्न मिल्ने सुविधा पनि यी उपकरणमा रहेको बताइएको छ । ग्राहकले माइडियाका दुवै मोडेलमा दुई वर्षको वारेन्टी पाउनेछन् । 

चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादन बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार माइडियाका उत्पादन नेपालभरका आधिकारिक विक्रेता, २२ वटा सिजी डिजिटल सोरुम तथा सिजी डिजिटलको वेबसाइटमार्फत खरिद गर्न सकिनेछ । 

सुझावित समाचार