काठमाडौं/ स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल लिमिटेडले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
९ कात्तिकमा बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।