बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा गरेकोमा हलिउड अभिनेता डिक्याप्रियोले दिए नेपाललाई बधाई

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण

हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेकोमा नेपाललाई बधाई दिएका छन्। सन् २०१० मा गरेको बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेकोमा उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

बाघ पाइने १३ मुलुकले सन् २०१० मा भेला भएर १२ वर्षमा दोब्बर बनाउने घोषणा गरेका थिए। नेपालले सन् २०१० मा १२१ रहेको बाघको संख्या हाल ३५५ पुगेको विश्व बाघ दिवसका अवसरमा घोषणा गरेपछि डिक्याप्रियोले बधाई दिएका हुन्।

विभिन्न गैरसरकारी संस्थामार्फत् नेपालको बाघ संरक्षणमा सहयोग गर्दै आएका उनले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो १२ वर्षमा सरकार, विश्व वन्यजन्तु कोषजस्ता साझेदार र स्थानीय समुदायको संरक्षण प्रयासका लागि यो एक अविश्वसनीय उपलब्धि र वसीयतनामा हो।’

यो पनि पढ्नुहोस् : चार वर्षमै थपिए १२० बाघ

सुझावित समाचार