पार्किङ गरेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु, एकजना घाइते

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

बिग्रिएर राजमार्गमा  पार्किङ गरेर राखेको ट्रकमा कार ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मोरङको बेलबारी नगरपालिका– १० भाउन्नेमा बिग्रिएर राजमार्गको बायाँ किनारमा रोकेर राखेको को.१ ख ८००४ नम्बरको ट्रकमा तीव्र गतिमा पूर्वतर्फ जाँदै गरेको बा.११च २४५८ नम्बरको कार अनियन्त्रित भएर बुधबार बिहान ७ बजेतिर ठोक्किएको थियो । 

उक्त दुर्घटनामा कार क्षतिग्रस्त भएको र  कारमा सवार झापा दमक– ४ का राजीव बराइलीकाे मृत्यु भएको हो । कारचालक बेलबारी– १ का २२ वर्षीय सन्दीप लामिछाने गम्भीर घाइते भएको इलाका प्रहरी बेलबारीले जनाएको छ ।

 प्रहरीका अनुसार कारमा सवार बराइलीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । चालक लामिछानेको बेलबारीमा उपचार भइरहेको छ । अनुसन्धानका लागि ट्रकचालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।   
 

See More On

सुझावित समाचार