एमालेलाई कमजोर बनाउन विदेशी शक्तिले गठबन्धन बनायो : अध्यक्ष ओली

शनिबार, ७ साउन, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी तथा विदेशी शक्तिले एमालेलाई कमजोर बनाउन पाँचदलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको दाबी गरेका हुन् । 

अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरूको संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको जिकिर गरे ।  ‘मजदुर वर्ग पक्षीय शक्तिहरूलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणामस्वरूप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उनको तर्क थियो । ‘मजदुर वर्गपक्षीय विचारहरूका संवाहक शक्ति, ती हितका संवाहक शक्ति, तिनीहरूलाई प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै विभाजित गर्न खोज्दै छन्,’ उनले भने । 

सुझावित समाचार