ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा अधिकारीको प्यानल घोषणा

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारीको समावेशी प्यानल घोषणा भएको छ। असार ३२ गते हुने परिषद्को निर्वाचनका लागि अधिकारी समूहको प्यानल घोषणा भएको हो । 

सो समूहबाट अध्यक्ष ध्रुव अधिकारी,उपाध्यक्षमा  राजुमान डंगोल, गीता गुरुङ र  महेश महर्जन, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी (बिल्ला)र कोषाध्यक्षमा पुन्यराम लागेजु उम्मेदवार बन्ने भएका हुन्।

त्यस्तै, सदस्यमा कमल भण्डार, रञ्जयमान प्रधान, श्रीकृष्ण थपलिया र  विनोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । परिषद्को निर्वाचनका लागि गठबन्धनको तर्फबाट  यसअघि भविश्वर शर्मा समूहले उम्मेदवारी घोषणा गरेको थियो । परिषद् निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।
 

सुझावित समाचार