न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्यायपरिषद्को निर्णय

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो। पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सिटिइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ।

बैठकले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सातदिने सूचना प्रकाशित गर्ने निर्णयसमेत गरेको छ। परिषद्को निर्णयअनुुसार आगामी सोमबार सूचना प्रकाशित हुनेछ।

सुझावित समाचार