भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसिपी सिंहले राजीनामा दिएका हुन्।
दुवैजना मन्त्री राज्यसभा सदस्य थिए र राज्यसभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले उनीहरूले एक दिनअगाडि नै मन्त्री पदबाट राजीनामा दिएका हुन्।