थ्री बाई थ्री बास्केटबलको प्रिक्वार्टरफाइनलमा ऋत

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

आयोजक ऋत एकेडेमी ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको पुरुषतर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । वसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ ले पराजित गर्दै प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

यस्तै, पुरुषतर्फ एन्जल्स हार्ट ‘ए’ले सिनर्जीलाई ७–२ ले हरायो । इन्साइट भिजन ‘ए’ले बलर्स एकेडेमीलाई ७–५ ले पराजित गर्यो । बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७–३ ले हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको छ ।

 पुरुषतर्फ एनसिसिएस, नखिपोट, स्किब्स, एन्जल्स हार्ट ‘बी’, न्यु मिलिनियम, त्रिकोण र हिमरश्मी पनि अन्तिम १६ मा पुगेका छन् । न्यु जेनिथ ‘ए’ र ‘बी’, विस्ट, ग्रिओन टिम र इन्साइट भिजन ‘बी’ ले पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको पुरुषतर्फ ८० र महिलामा १६ गरी ९६ टोलीको सहभागिता रहेको ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाए ।

सुझावित समाचार