रामेछापको लुभुमा बस दुर्घटना, नौजनाको घटनास्थलमै मृत्यु, २४ घाइते

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

जिल्लाको सुनापती गाउँपालिका– ३ हिलेदेवीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका– १ लुभुघाटमा दुर्घटना भएकाे छ । बा.३ख ८३९६ नम्बरको बसमा सवारमध्ये नौजनाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा चारजना महिला र पाँचजना पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा परी २४ जना घाइते भएका छन् । घाइतेलाई घटनास्थलबाट उद्धार गरी थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनाको जानकारी पाएसँगै जिल्ला सदरमुकाम मन्थलीबाट प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी, प्रहरी नायव उपरीक्षक राजकुमार तामाङ, सशस्त्र प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेलसहितको टोली घटनास्थल पुगेकाे थियाे । गाडी सडकबाट करिब एक सय मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार तामाङले जानकारी दिए । 
 

सुझावित समाचार