नुवाकोटमा सब-स्टेसन निर्माणका लागि सरकारले एमसिए नेपाललाई जग्गा उपलब्ध गराउने

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण
नुवाकोटमा सब-स्टेसन निर्माणका लागि सरकारले एमसिए नेपाललाई जग्गा उपलब्ध गराउने

प्रतिकात्मक तस्बिर ।

सरकारले मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपाललाई रातमाटे सब-स्टेसन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले बिहीबार सो जानकारी दिएका हुन्।

त्यस्तै सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा स्वीकृत गरी मोहनकृष्ण सापकोटालाई नियुक्त गर्नेलगायतका निर्णय गरेको छ।

सुझावित समाचार