शताब्दीयौँदेखि विश्वभरका मुसलमानले एक अप्ठ्यारो प्रश्न झेलिरहेका छन्, अर्थात् पैगम्बर मोहम्मदसँग आइसाको विवाह हुँदा उनको उमेर कति थियो ? यही २६ मेका दिन भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता नुपुर शर्माले एक राष्ट्रिय टेलिभिजनमा पैगम्बर मोहम्मदले कम उमेरकी आइसासँग विवाह गरेका थिए भनेर अपमानजनक टिप्पणी गरेकी थिइन् ।
५ जुनमा भाजपाले शर्मालाई निलम्बित गरेको केही घण्टामा पार्टीले ‘कुनै पनि धार्मिक व्यक्तित्वको अपमानको कडा निन्दा गर्छ’ भन्ने वक्तव्य निकालेको छ । शर्माको अपमानजनक टिप्पणीपछि इन्टरनेटमा आइसाको विवाहका वेलाको उमेरबारे प्रश्न र एक बालिकासँग विवाह गरिरहेका पैगम्बर मोहम्मदका कार्टुन छरप्रस्ट भएका थिए । यो इन्टरनेट अपमान (ट्रोलिङ) को जवाफमा आइसा किशोरी थिइन् भन्ने व्यहोराका ट्विट र लेख प्रस्तुत गरिँदै थिए । के यी स्पष्टीकरण आवश्यक थिए ?
त्रुटिपूर्ण तर्क : जुन विषयमा अहिले बहस छेडिएको छ, त्यस सन्दर्भमा पैगम्बर मोहम्मद बाँचेको विश्व इस्वीको सातौँ शताब्दी थियो भन्ने याद गर्नुपर्छ । त्यसवेलाको विश्व कविलाई व्यवस्थामा अडिएको थियो । भारतीय उपमहाद्वीपमा कैयौँ क्षेत्रीय राज्य थिए, जहाँको इतिहासमा महिलाको अस्तित्व शून्यप्रायः थियो । त्यसवेला महिला केवल चल सम्पत्तिभन्दा बढी थिएनन् भन्नेमा दुईमत छैन (अहिलेको आधुनिक भनिएको समाजमै पनि के महिला चल सम्पत्तिभन्दा बढी छन् र भन्ने प्रश्न उठाउने ठाउँ छ) ।
धेरै टाढा जानुपर्दैन, पछिल्लो शताब्दीको सुरुवातीताका भारतका लगभग सबै घरमा बेहुलीको उमेर आइसाकै जति हुने गथ्र्यो । सन् १९४९ मा मात्र महिलाको विवाह हुने न्यूनतम उमेर १५ वर्ष तोकिएको थियो भने सन् १९७८ मा विवाहका लागि न्यूनतम उमेर १८ वर्ष बनाइएको थियो । गत डिसेम्बरमा संघीय मन्त्रिपरिषद्ले महिलाको न्यूनतम विवाह उमेर २१ वर्ष पु¥याएको छ । सन् १९९७ मा जब राजस्थानमा एक बालिकाको विवाह रोक्न खोज्दा सामाजिक अभियन्ता भँवरीदेवीको सामूहिक बलात्कार भयो । यस घटनापछि सर्वोच्च अदालतले कार्यस्थलमा हुने यौन दुव्र्यवहारविरुद्ध निर्देशिका जारी ग¥यो । अहिलेको समयमा पनि विश्वकै सबैभन्दा बढी बालविवाह भारतमा हुने गर्छ अर्थात् राष्ट्रसंघका अनुसार प्रतिवर्ष कमसेकम १५ लाख बालिकाको बालविवाह हुने गर्छ । तैपनि, भारतमा करिब एक हजार चार सय ५० वर्ष पुरानो विवाह बहसको विषय बनेको छ ।
आइसालाई शिशुमा झार्ने प्रयत्न : अहिले बहसमा धेरैले छुटाएको विषय आइसालाई शिशुमा झार्ने प्रयत्न हो । अहिलेको बहसले मुसलमानविरोधी भाष्य मात्रै फैलाएको छैन, यसले आइसाको जीवनलाई दुई घटना अर्थात् पैगम्बर मोहम्मदसँग विवाह र यौनसम्बन्धमा सीमित बनाइदिएको छ । अहिलेको बहस आइसा एक महान् व्यक्तित्वकी ‘श्रीमती मात्रै’ थिइन् भन्नेमा आधारित छ । यस्ता धारणा नौलो भने होइन । कस्तुरबा गान्धी वा कमला नेहरूलाई महात्मा गान्धी वा जवाहरलाल नेहरूसँग मात्रै जोड्नुलाई उदाहरणका रूपमा लिन सकिन्छ । इस्लामिक इतिहासमा आइसालाई कसरी सम्झिने भनेर भिन्न मत छन् तर कुनै पनि इतिहासले आइसालाई पैगम्बर मोहम्मदकी पत्नीका रूपमा मात्र सीमित गरेको छैन । के आइसाको पहिचान पैगम्बर मोहम्मदकी श्रीमती हुनुमा सीमित छ त ?
आइसालाई पैगम्बर मोहम्मदसँग मात्रै जोड्नेहरू उनको व्यक्तित्व र उनले गरेका बृहत् कामबारे अनभिज्ञ छन् । आइसा इस्लामको पहिलो खलिफाकी छोरी थिइन् । पैगम्बर मोहम्मदको देहान्तका कारण आइसाको विवाह नौ वर्षभन्दा बढी टिकेन । उनले आफ्नो बाँकी जीवन इस्लामको महानतम विदुषीका रूपमा बिताएकी थिइन् । र, आइसालाई दाम्पत्य जीवनमै पैगम्बर मोहम्मदसँग पारपाचुके गर्ने अधिकार थियो, जब कि भारतका अधिकांश हिन्दू महिलालाई सन् १९५५ मा पारपाचुके कानुन लागू नहुन्जेल पारपाचुके गर्ने अधिकार थिएन ।
आइसा पैगम्बर मोहम्मदको देहान्तपछि ४० वर्षभन्दा बढी बाँचेकी थिइन् । उनले पैगम्बर मोहम्मद र आफ्नो वैवाहिक जीवनबारे व्यापक रूपमा लेखेकी थिइन् । आफ्नो जीवनकालमा उनले पैगम्बर मोहम्मदसँगको आफ्नो दाम्पत्य जीवनका सूक्ष्म क्षण उतारेकी थिइन् । विश्वका मुसलमानको इस्लामिक न्यायशास्त्र आइसाको बृहत् बौद्धिक कामबाट प्रेरित भएको छ । जब आइसाले आफ्ना लागि पर्याप्त रूपमा बोलेकी छिन् भने अरूलाई आइसाबारे बोल्ने अधिकार छैन ।
वास्तविक बहस : पैगम्बरसँगको विवाहको समयमा आइसाको उमेर हेर्ने हो भने इस्लामिक परम्पराले आइसाको विवाहको समयमा आइसा यौनिक रूपमा मात्र नभई बौद्धिक रूपमा पनि परिपक्व थिइन् भन्ने मानिन्छ । यति लेख्दै गर्दा मैले कुनै कोणबाट बालविवाहको पैरवी गरेको होइन । मैले हालको समयमा नैतिकताको अवधारणालाई भिन्न समय र संस्कृतिमा लागू गर्नु हुँदैन भनेकी हुँ । म बहस सही दिशातर्फ जाओस् भन्ने चाहन्छु अर्थात् आइसाको विवाहको उमेरको खोजबिन गर्नुभन्दा भारतमा राष्ट्रिय टेलिभिजनमा दण्डहीनतासाथ एक धार्मिक व्यक्तित्वको किन अपमान भइरहेको छ भन्नेमा बहस केन्द्रित हुनुपर्छ ।
प्रश्न एक समुदायलाई दैनिक रूपमा कसरी हियाइँदै छ भन्नेमा केन्द्रित हुनुपर्छ । प्रश्न घृणास्पद अभिव्यक्तिबाट फैलाइने हिंसामा केन्द्रित गरिनुपर्छ । शताब्दीयौँ पुरानो विवाहमा अनावश्यक लगावको अन्त्यपछि हाम्रो समाजले एक समुदायको मर्यादालाई दैनन्दिन कसरी नंग्याउने काम ग¥यो भन्ने प्रश्न गरिनुपर्छ । मुस्लिम समुदायप्रति सहानुभूति राख्नेले आस्थाले विशेषतः आधुनिक विश्व दृष्टिकोणबाट उत्पन्न भएका लोकप्रिय तर्क र तर्क संगतीकरणमाथि विजय पाउनेछ भनेर बुझ्न जरुरी छ । यो नै वास्तविक आस्थाको परीक्षा हो र सम्भवतः आस्था निःसृत जिम्मेवारी पनि हो । स्क्रल डट इनबाट