सरकारले रिङरोडबाहिर रहेका क्षेत्रमा पनि मेलम्ची खानेपानी पुर्याउने भएको छ। हाल पाइपलाइन नपुगेका क्षेत्रहरूमा पाइपलाइन बिछ्याउन र आवश्यक व्यवस्थापनको लागि १ अर्ब ९२ करोड बजेट विनियोजन भएको छ।
आइतबार संसदमा बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त योजनाको लागि बजेट विनियोजन गरिएको बताएका हुन्।