प्रचण्ड र आरजुको भनाइलाई अर्कै रूपमा प्रस्तुत गरियो : प्रवक्ता महत

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आरजु देउवाको अभिव्यक्तिलाई गलत रूपमा प्रस्तुत गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले प्रचण्ड र आरजुको अभिव्यक्तिको आशयलाई फरक रूपमा प्रस्तुत गरिएको बताएका हुन्।

‘प्रचण्डले धम्की दिएकाे होइन, गठबन्धनले जितेन भने देश चलाउन नसक्ने पार्टी र नेतृत्वलाई जिम्मेवारी दिनुभयो भने भोलि समस्या आउला भन्ने आशयमा भन्न खोज्नुभएको हो भन्ने मलाई लाग्छ,’ उनले भने, ‘डा. आरजुको कुरामा पनि गलत त्यस्तो केही छैन। कांग्रेसले जित्यो भने बजेट सुनिश्चित गराउनुभएको हो। ओलीले कांग्रेसले जितेका स्थानीय तहमा बजेट नपठाएर सौतेली व्यवहार गरेका थिए। आरोप र अफवाह मिथ्या हो।’

सुझावित समाचार