सत्तारुढ पाँच दल स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकारात्मक निष्कर्षको चरणमा पुगेको कांग्रेस नेता एवं गठबन्धनको केन्द्रीय संयन्त्रका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् । मंगलबार साँझ गठबन्धनको बैठकबारे जानकारी दिँँदै कार्कीले छलफल सकारात्मक निष्कर्षको चरणमा पुगेको दाबी गरेका हुन् ।कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका विषयमा लगातार छलफल भइरहेको छ । तर, पनि हालसम्म सहमति जुट्न सकेको छैन ।
कार्कीले छलफल जारी रहेको र निष्कर्षमा पुर्याउन गठबन्धनमा आवद्ध सबै दलहरू सकारात्मक रहेको दाबी गरे ।
आगामी ३० वैशाखमा स्थानीय तहका निर्वाचन हुँदै छ । सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेका छन् ।