स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्न लागेको छ ।
बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।