सत्तासाझेदार दलहरूको बैठक अहिले जारी छ। आगामी स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी र उम्मेदवार चयनका मापदण्डबारे छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसिरहेको हो।
स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति गरे पनि गठबन्धनले तालमेलको मोडालिटीबारे कुनै निर्णय लिन सकेको छैन। महानगरपालिकाहरूमा पनि सत्तागठबन्धनका दलहरूबीच सहमति हुन सकेको छैन।