गठबन्धनबारे कांग्रेसले आज निर्णय गर्दै, तालमेल गर्ने गरी प्रस्ताव तयार

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण
गठबन्धनबारे कांग्रेसले आज निर्णय गर्दै, तालमेल गर्ने गरी प्रस्ताव तयार

फाइल फोटो ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेलबारे आज निर्णय लिने भएको छ। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएसँगै आज यसबारेको प्रस्ताव पेस हुने भएको हो। 

एक पदाधिकारीका अनुसार मंगलबार बस्ने बैठकमा तालमेलको निर्णय गर्ने गरी प्रस्ताव पेस गर्न लागिएको छ। ती पदाधिकारीका अनुसार निर्णयको ड्राफ्ट महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तयार गरेका छन्। ‘प्रस्तावमा स्पष्ट रूपमा तालमेल गर्ने उल्लेख भएको छ,’ ती पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘बैठकबाट प्रस्ताव पारित हुन्छ।’

सुझावित समाचार