राजर्षि जनक कप : दोस्रो सेमिफाइनलमा मच्छिन्द्र र सुदूरपश्चिम– ११ भिड्दै

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

बागमती नगरपालिका– ११ मा जारी राजर्षि जनक कप फुटलब प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सुदूरपश्चिम–११ धनगढी भिड्ने भएका छन्। स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यस खेलका विजेताले कम्तीमा राजर्षि जनक कपकोे उपविजेताको उपाधि रक्षा गर्नेछ। आजको खेलमा दुवै टोली बलियो तयारीका साथ मैदान उत्रन लागेका छन्।

यस सेमिफाइनल भेटका लागि ए डिभिजन च्याम्पियन मच्छिन्द्रले क्वार्टरफाइनलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लबलाई पराजित गरेको थियो। यस्तै, विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सुदूरपश्चिम– ११ धनगढीले सेमिफाइनल यात्रा तय गरेको हो।

यसअघि बिहीबारको खेलमा आयोजक बागमती युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लब अन्तिम दुईमा प्रवेश गरेको छ। चैत १३ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड र १० लाख एक हजार तथा उपविजेताले पाँच लाख पाँच सय प्राप्त गर्नेछन्।

सुझावित समाचार