नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। हेटौँडामा कांग्रेस प्रदेश कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै उनले निर्वाचनमा आफूले चाहेजस्तो नतिजा नआएपछि जिम्मेवार नेताहरूले सार्वजनिक रूपमा अतिरञ्जित अभिव्यक्ति दिनु दुःखद रहेको बताए।
चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताए। ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। चुनावी अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि यसबारे निर्णय गर्छौँ,’ उनले भने।