प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा आइतबारदेखि छलफल

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा छलफल हुने भएको छ। संसद्को सम्भावित कार्यसूचीअनुसार बैठकमा चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने उल्लेख छ।

२९ गते आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। जबराको कार्यक्षमता र आचरणसम्बन्धी प्रश्न उठाएर फागुन १ मा महाभियोग प्रस्ताव दर्ता भएको थियाे। यसअघि फागुन २२ गते बसेको संसद् बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो। 

सुझावित समाचार