स्थानीय तहका उम्मेदवार छान्न चैत १५ भित्रै समिति : कांग्रेस उपसभापति खड्का

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न पार्टीले समिति बनाउने बताएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहका उम्मेदवार छान्न चैत १५ भित्रै समिति बनाउने बताए। उनले केही दिनमा नै भ्रातृ संगठनको तदर्थ समिति बनाउनेबारे छलफल भइरहेको बताए।

गठबन्धनबारे समय आएपछि केन्द्रीय समितिबाट उचित निर्णय लिइने उनले बताए। अहिले नेताहरूले बाहिर राखेका धारणाको अर्थ नभएको उनको भनाइ थियो।

सुझावित समाचार