‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’अभियान फागुन २९ बाट

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनकेन्द्रित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान  फागुन २९ बाट सुरु हुने भएको छ। कांग्रेस सचिव केशव रिजालका अनुसार यसअघि फागुन २० का लागि तोकिएको अभियान फागुन २९ देखि चैत २९ सम्म गर्न लागिएको हो।

कांग्रेसले संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्य राखेर अभियान सुरु गर्न लागेको हो। फागुन ३ मा केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसबारे निर्णय गरेको थियो। तर, एमसिसी, जिल्ला अधिवेशनलगायतका कारण सम्पन्न हुन सकेको थिएन।

सुझावित समाचार