कांग्रेस चितवन अधिवेशन : सभापतिका लागि आज दोस्रो चरणको मतदान

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण

पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुने

कांग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुने भएको छ । शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको मत नपुगेपछि आज दोस्रो चरणको मतदान हुने भएको हो ।

पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ । सभापतिका लागि पहिलो चरणमा पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । 

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाबीच भएको प्रतिस्पर्धामा श्रेष्ठ र खनालले सर्वाधिक मत ल्याएका हुन् । खनाललाई शेखर कोइरालाको राम्रो साथ छ ।

दोस्रो चरणको मतदान शनिवार १२:३० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७२ मत, डा.सूर्यकान्त घिमिरेले ४२६ , कैलाश कोइरालाले ४१२ मत प्राप्त गरे । ९४ मत बदर भएको थियो । 
 

सुझावित समाचार