खप्तड गोल्डकप आजबाट

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

पाचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको आज (बिहीबार) बाट धनगढीमा सुरु हुँदै छ । आयोजकले प्रतियोगिता सुरु हुनु अघिल्लो दिन बुधबार ट्रफी सार्वजनिक गरेको छ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए । उनले सहभागी टिमहरू आउने क्रम सुरु भएको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिता उद्घाटन गर्ने अध्यक्ष हमालले जानकारी दिए । 

सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको जर्सी पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११, मनाङ मस्र्याङ्दी क्लब, न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा क्लब, नवजनजागृति युवा क्लब सिमरा, बागमती युवा क्लब, दिल्ली फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाडौं र मच्छिन्द्र फुटबल क्लबको सहभागिता रहेछ ।     

नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । विधागत तहका विजेता खेलाडीलाई पनि नगद पुरस्कार दिइने अध्यक्ष हमालले बताए ।

सुझावित समाचार