समयमै उपचार नपाउँदा गर्भवतीको मृत्यु, शिशुको पनि ज्यान गयो

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

जिल्ला अस्पताल सल्यानमा सुत्केरी हुन आएकी एक गर्भवती महिलाको मृृत्यु भएको छ । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरकी १९ वर्षीया केशरी रोकाको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । 

प्रसूती बेथाले च्यापेर बेहोस भएकी रोकालाई अस्पताल ल्याउन ढिला भएकै कारण मृत्यु भएको जिल्ला अस्पताल सल्यानका इन्डोर इन्चार्ज सुलोचना महर्जनले जानकारी दिइन् । शिशुको पनि मृत्यु भएको छ । 

महर्जनले भनिन्, ‘समयमै अस्पताल ल्याएको भए आमा र बच्चा दुवैको ज्यान जोगिने थियो ।’ 

सुझावित समाचार