नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। उक्त कुकरभित्र राखिएको वस्तु बम नभएर ‘होक्स’ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन्।
मैनालीका अनुसार सोमबार बिहान एक समूहले सर्वसाधारणलाई तर्साउने गरी उक्त वस्तु राखेको थियो। कुकरको बाहिरपट्टि नो एमसिसी लेखिएको थियो। कुकर कसले राखेको हो भन्ने विवरण खुल्न सकेको छैन। त्यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका