बनेपामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोजको तयारी

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

काभ्रेको बनेपामा शंकास्पद  वस्तु फेला परेको छ । उक्त वस्तुलाई नेपाली सेनाका विष्णुदल गणको टोलीले डिस्पोजको तयारी गरिरहेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार सोमबार बिहान बनेपा नगरपालिका– १० पुलबजारस्थित अरनिको राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो ।

राजमार्गको बीचमा ‘नो एमसिसी’ खतरा लेखिएको वस्तु फेला परेको कोइरालाले जानकारी दिए । उक्त डिस्पोज गर्न धुलिखेलस्थित नेपाली सेना विष्णुदल गणका प्राविधिक टोली खटिइरहेको कोइरालाले बताए ।

उक्त वस्तु होस्ट बम हो कि बम नै हो भन्ने विषय डिस्पोजपछि मात्र थाहा हुने प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए । अमेरिकी सहयोग एमसिसी संसदबाट पारित भएपछि आठ दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । सोही बन्दकर्ताहरूले जनमानसमा त्रास पैदा गरी बन्द सफल पार्नका लागि राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

सुझावित समाचार