तीन किलो चरेससहित तीनजना पक्राउ

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

इलाका प्रहरी कार्यालय जमुनाहले तीन किलो चरेससहित तीनजनालाई पक्राउ गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ मीनबहादुर विष्ट र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सो परिमाणमा लागुऔषध चरेस बरामद गरेको हो।

सुर्खेतको सिम्ता गाउँपालिका– ४ का ४० वर्षीय वीरेन्द्र हमाल, सोही ठाउँकी ३८ वर्षीया दीपा बुढा र जाजरकोटको शिवालय गाउँपालिका– २ की २३ वर्षीया खिमा खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। झोलामा लुकाइछिपाई भारत लैजाने क्रममा शंका लागेर जेकजाँच गर्दा उनीहरूको साथबाट चरेस बरामद भएको सइ विष्टले बताए।

सुझावित समाचार