युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेनविरुद्ध रुसले सैन्य कारबाही सुरु गरेपछि देशमा मार्सल लको घोषणा गरेका छन्। यहाँकाे गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ।
किभमा बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थल र सहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चारमाध्यमले जनाएका छन्। नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ। रासस/सिन्ह्वा