एमसिसी असफल बनाए गठबन्धन रहँदैन : नेता पौडेल

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसिसी असफल बनाए गठबन्धन कायम नरहने बताएका छन्। बिहीबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो धारणा राखेका हुन्।

एमसिसी असफल बनाएर गठबन्धन कायम रहने सपना नदेख्न गठबन्धनका नेताहरूलाई आग्रह गर्दै उनले भने, ‘प्रचण्ड र माधव नेपालले एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्छ । त्यसैले सरकारले ल्याएको प्रस्तावलाई गठबन्धनका दलले सहयोग गर्नुपर्छ। एमसिसीका विषयमा गठबन्धनले साथ नदिए प्रतिपक्षी दलको सहयोगमा भए पनि पास गर्नुपर्ने कुरामा कांग्रेस छ।’

यति ठूलो अवसरलाई गठबन्धनका दलले घुमाउन थाले गठबन्धनसँग गाँसिएर बस्ने अवस्था नरहेकोमा उनले जोड दिए। पौडेलले एमाले अध्यक्ष केपी ओली पनि एमसिसी पास गर्ने विषयमा भाग्न नमिल्ने बताए। आफूसँगको भेटमा ओलीले एमसिसीमा सहयोग गर्नुपरे सभामुखलाई हटाउनुपर्ने विषय राखेको उनले बताए।

सुझावित समाचार