एमसिसीबारे छलफल हुँदा कांग्रेसका सांसदलाई ह्विप

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीअनुसार बिहीबार एमसिसीबारे सामान्य छलफल हुनेछ। एमसिसी सामान्य छलफलका लागि प्रस्तुत हुन लागेको भन्दै कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो।

कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले पार्टीका सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको नयाँ पत्रिकालाई जानकारी दिइन्। ‘एमसिसीबारे छलफल हुने भएकाले भोलि बस्ने बैठकमा हाम्रा सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका हौँ,’ उनले भनिन्।
 

सुझावित समाचार