गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तागठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने अवस्था भने नभएको बताए । 

‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि,’ अध्यक्ष प्रचण्डले भने,  ‘तर, अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुराचाहिँ होइन ।’

सुझावित समाचार