संसदमा टेबुल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाणले आज बिहान सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
गृहमन्त्री खाणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेका हुन्। भेटका अवसरमा उनीहरूबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको बताइएको छ।
प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारुढ दल र प्रतिपक्षी दलहरूबीच त्यसलाई पारित गराउन घनीभूत छलफल भइरहेको छ। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ। सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ। रासस
गृहमन्त्री खाणको दौडधुप : प्रचण्डलाई भेटेलगत्तै ओलीसँग भेटवार्ता
सुझावित समाचार
तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गते हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगबाट नेपालले लिन सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिक…
दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं । कारागारमा रहेका बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वाेच्चमा सुनुवाइ हुने भएको छ। न्यायाधीशह…
न्यायाधीशको आचरणबारे निष्पक्ष छानबिन होस्ः नेपाल बार
काठमाडौं/ बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे निष्पक्ष छानबिन गर्न नेपाल बार एसोसिएसनले माग गरेको छ । सर्वाेच्च अदालतका…
बुधबार १० बजेसम्मका १० समाचार
भारतमा ल्यान्डफलपछि कमजोर हुँदै ‘अर्नब’, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको जोखिम बंगालको खाडीमा विकसित अति …
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…