संसद् बैठक चार दिनका लागि स्थगित

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक चार दिनका लागि स्थगित भएको छ। आजको बैठकमा एमसिसी सम्झौता टेबुल भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका थिए।  

एमसिसी पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन्। संसद् बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेकपा एमालेका भीम रावल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, मजदुर किसान पार्टीका प्रेम सुवालले आपत्ति जनाएका थिए।
 

सुझावित समाचार